Nepal Life

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

NMB Bank
  • BFIS News
  • 2026 Feb 09 17:07
इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश
United Ajod

काठमाडौं।  सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ।

Shikhar
Nepal Life
NIMB

आदेशसँगै नम्बर प्लेटमा देवनागरी लिपी हटाएर अंग्रेजी मात्र प्रयोग गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ।

न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त अन्तरिम आदेश दिएको हो। इम्बोस्ड नम्बर प्लेटसम्बन्धी व्यवस्था विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यो आदेश जारी गरेको जनाएको छ।

अधिवक्ता रामबहादुर राउत मातृदासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक यातायात व्यवस्था विभाग, अर्थ मन्त्रालय, लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग तथा डेकाटुर टाइगर कम्पनी नेपाललाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए। अदालतको आदेशपछि सम्बन्धित निर्णयको कार्यान्वयन हाललाई रोकिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया