Nepal Life

रिज लाइन इनर्जीको सर्वसाधारणतर्फको आईपीओ आजदेखि खुला

NMB Bank
  • BFIS News
  • 2026 Feb 11 09:22
रिज लाइन इनर्जीको सर्वसाधारणतर्फको आईपीओ आजदेखि खुला
United Ajod

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आज माघ २८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ।

Shikhar
Nepal Life
NIMB

आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणतर्फ निष्काशन सुरु गरिएको हो।

कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबर २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न स्वीकृति पाएको थियो। यसमध्ये ११ लाख ८५ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएर वितरण गरिसकिएको छ।

दोस्रो चरणअन्तर्गत २८ हजार ४४० कित्ता शेयर कर्मचारी र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि जारी गरिएको हो, जसको कुल मूल्य ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबर हुन्छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गते बन्द हुने तालिका छ।

कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व वहन क्षमतामा मध्यम जोखिम देखाउँछ।

रिज लाइन इनर्जीले ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २३ करोड १६ लाख रुपैयाँ छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै ३० वर्ष ११ महिना बाँकी रहेको छ। साधारण आधारमा लगानी फिर्ता अवधि ७ वर्ष ४ महिना र छुट दरमा गणना गर्दा १० वर्ष ९ महिना अनुमान गरिएको छ। आयोजना २०८० माघ ८ गतेदेखि व्यावसायिक उत्पादनमा गई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले सम्हालेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत स्वीकृत बैंक तथा वित्तीय संस्थाबाट वा ‘मेरो शेयर’ अनलाइन प्लेटफर्म प्रयोग गरेर आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया