Nepal Life

चरम संकटमा पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकको भलादमी बैंकिङ व्यवसाय, प्रतिशेयर आम्दानी ३६ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2024 Jan 21 07:14
चरम संकटमा पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकको भलादमी बैंकिङ व्यवसाय, प्रतिशेयर आम्दानी ३६ रुपैयाँ
United Ajod

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको मुनाफामा सामान्य गिरावट देखिएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

Shikhar
Nepal Life
NIMB

खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.४० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २.७७ प्रतिशत र सञ्चालन मुनाफा १.५० प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.७२ प्रतिशतबाट बढेर १.६ प्रतिशत पुगेको छ।

९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ९५ करोड ५३ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले १ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३१ करोड रुपैयाँ रहको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २३ रुपैयाँ ९४ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५८ पैसा घटेर ३६ रुपैयाँ ६२ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १४.३६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ५८ पैसा रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया