Nepal Life

खराव कर्जा बढ्दा नेपाल इन्भेष्टमेन्ट नाफामा पहिलो हुन सकेन, खुद व्याज आम्दानी ८० प्रतिशतले बृद्धि

NMB Bank
  • BFIS News
  • 2024 Jan 21 14:30
खराव कर्जा बढ्दा नेपाल इन्भेष्टमेन्ट नाफामा पहिलो हुन सकेन, खुद व्याज आम्दानी ८० प्रतिशतले बृद्धि
United Ajod

काठमाडौं । खराव कर्जा बढ्दा नेपाल इन्भेष्टमेन्ट बैंक सबैभन्दा धेरै नाफा गर्ने पहिलो नम्बरमा पर्नबाट चुकेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा सबैभन्दा धेरै नाफा गर्ने पहिलो नम्बरमा पर्न सफल बैंकले दोस्रो त्रैमाशिक अवधिमा पनि खुद व्याज आम्दानीमा उल्लेख्य सुधार गरेको थियो तर खराव कर्जाले गर्दा नाफा देखाउन सकेन । 

Shikhar
Nepal Life
NIMB

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ८० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६३% कम हो । यता, खुद ब्याज आम्दानी भने ८०.२०% ले बढेर ७ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

खुद ब्याज आम्दानी बढेपनि नेपाल इन्भेष्टमेन्टको इम्पेयरमेन्ट चार्जमा उच्च वृद्धि भएपछि खुद नाफा प्रभावित भएको हो । यसको इम्पेयरमेन्ट चार्ज ६० करोड रुपैयाँबाट २ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । साथै, गैर सञ्चालन खर्च पनि २० लाखबाट ४४ करोड ८० लाख रुपैयाँ पुगेपछि नाफा प्रभावित भएको हो । यस बैंकको खराब कर्जा ३.७१% बाट बढेर ४.७५% पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगाको रिजर्भ कोष भने आकर्षक देखिएको छ । रिजर्भ २३ अर्ब ८९ करोडबाट बढेर २६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । यता, खुद नाफामा गिरावट आएसँगै प्रतिसेयर आम्दानीमा पनि असर परेको छ । यसको प्रतिसेयर आम्दानी ५.०५ रुपैयाँले घटेर १०.५६ रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ भने १७०.७० रुपैयाँ रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया