Nepal Life

कृषि विकास बैंक खराव कर्जा घटाएर नाफामा, गभर्नर अधिकारीले गरे प्रशंसा

NMB Bank
  • BFIS News
  • 2024 Jan 21 15:33
कृषि विकास बैंक खराव कर्जा घटाएर नाफामा, गभर्नर अधिकारीले गरे प्रशंसा
United Ajod

काठमाडौं । कृषि विकास बैंक खराव कर्जा घटाएर नाफामा देखिएको छ । गएका त्रैमाशमा खराव कर्जाले गर्दा नोक्सानमा देखिएको बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा एक अर्ब ३५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

Shikhar
Nepal Life
NIMB

बैंकको ५७ औं वार्षिकोत्सव समारोहलाई संबोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले खराव कर्जालाई सुधार गर्दै यस त्रैमाशमा उल्लेख्य नाफा गर्न सकेकोमा प्रशंसा गरेका छन् । उनले यो सुधार अपरिस्कृत वित्तीय विवरणमा मात्रै नभएर आर्थिक वर्षको अन्तिमसम्मा टिकाइराख्न अनुरोध गरेका छन् । 

गत वर्षको यसैअवधिमा बैंकले घाटा व्यहोरेको थियो । कृषिको खुद ब्याज आम्दानी २०.३३ प्रतिशतले बढेर ४ अर्ब ४८ करोड ७३ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफा १ अर्ब ८४ करोड रहेको छ। गत वर्षको पुसमा यसको उक्त आम्दानी ऋणात्मक थियो।  

यसको इम्पेयरमेन्ट चार्ज २ अर्ब १७ करोडबाट घटेर १ करोड ९ करोड कायम भएको छ । उक्त चार्ज घट्दा नाफामा सुधार आएको हो । यसको वितरणयोग्य नाफा ७५ करोड २१ लाख रुपैयाँ रहेको छ । कृषिको खराब कर्जा दर ४.५२ प्रतिशत विन्दुबाट घटेर ३.०२ प्रतिशतमा झरेको छ । हाल यस बैंकको चुक्ता पुँजी १८ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

जगेडा कोषमा १५ अर्ब ३८ करोड रुपैयाँ जम्मा रहेको छ । यस बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने २१८ रुपैयाँ ७९ पैसा रहेको छ ।

बैंकले समिक्षा अवधिमा कर्जा रिकभरीमा विशेष ध्यान दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिएका छन् । बैंकले आधुनिक प्रविधिलाई उच्चतम प्रयोग गर्दै ग्राहकहरुलाई राम्रो सेवा प्रवाह गरिरहेको बताएका छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया