Nepal Life

अर्धवार्षिक समिक्षा: पर्ख र हेरको नीतिमा नेपाल राष्ट्र बैंक, पहिलो त्रैमासमा परिवर्तन गरेका नीतिहरुलाई नै निरन्तरता

NMB Bank
  • BFIS News
  • 2024 Feb 12 20:55
अर्धवार्षिक समिक्षा: पर्ख र हेरको नीतिमा नेपाल राष्ट्र बैंक, पहिलो त्रैमासमा परिवर्तन गरेका नीतिहरुलाई नै निरन्तरता
United Ajod

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति अन्तर्गत चालु अर्थिक वर्षको ६ महिनाको समिक्षा र पुनरावलोकन गदै नेपाल राष्ट्र बैंकले तल उल्लेखीत सामान्य परिवर्तन वाहेक कुनै ठूलो नितिगत परिवर्तन नगरी पहिलो त्रैमासमा परिवर्तन गरेका नीतिहरुलाई नै निरन्तरता दिएको छ ।

Shikhar
Nepal Life
NIMB

१. ब्याजदर करिडोरलाई प्रभावकारी बानाउन स्थाइ निक्षेप सुविधा फागुनदेखी कार्यन्वयनमा ल्याइने ।

२ मुद्धती निक्षेपमा संस्थागत ग्राहकलाई व्यक्तीगत भन्दा १% कम दरमा व्याजदर कायम गर्न पाउने ।

३ कृषि, साना तथा घरेलु र मध्यमस्तरको रु २ करोडसम्मको लगानी लाई regulatory retail portfolio मा गणना गर्न पाइने ।

बढ्दो तरलता र ऋण प्रवाह हुन नसकेको हालको अवस्था मा अझ ब्याजदर तल जाने क्रममा हुँदा, घट्दो ब्याज दरमा संस्थागत निक्षेप कर्ताको ब्याज दर अरुको भन्दा घटीमा १% सम्म कम हुन सक्ने भनेर निश्चितता गरिएको छ ।

अबको बैंकको लगानी बढनुको लागी तरलता नभएर अपुग पूँजी पर्याप्तता अनुपात हुने जोखिम बढेकोले रु २ करोड सम्मको कृषि, घरेलु, साना तथा मझौला कर्जालाई regulatory retail credit को दायरा ल्याए पछि कम risk weight कायम हुने हुनाले यसले बैंकहरुलाई पुजी पर्याप्तता अनुपात को अनुपालना गर्दै थप कर्जा विस्तार गर्न लाई मद्दत गर्नेछ ।

समग्रमा हाल कुनै ठूलो नितीगत परिवर्तन नगरी नेपाल राष्ट्र बैंकले पर्ख र हेरको नीति लिएको देखिन्छ साथै थप परिणामलाई विवेचना गर्दै तेस्रो त्रैमासमा नीतिगत दर र उपकरणहरुमा आवश्यक फेरवदल गरिने पनि यस अर्धवार्षिक समिक्षामा जनाइएको छ ।

ब्याजदर घटने क्रम जारी हुँदा केहि हदसम्म अर्थतन्त्रको समस्या यसैबाट समाधान हुने र अन्य केहि बाँकी राष्ट्र बैंकले गर्ने अर्को त्रैमासको समिक्षामा लिइने नितीगत निर्णयले समाधान गर्नेमा आसावादी हुन सकिन्छ ।

बैंकदर घटाउने, चालु पूँजी मार्गदर्शनमा लचिलो निती लिने, कर्जा विस्तार गर्न counter cyclical buffer को व्यवस्था लाई हाल स्थगन गर्ने र बैंक हरुको को बढ्‌दो NPA व्यवस्थापन को लागी सहजीकरण गर्ने  नितीहरू लिन सक्ने स्पेस अझै पनि भएकोले आगामी परिदृश्य राम्रो नै हुनेछ भन्ने आशा लिन सकिन्छ।

चालु वर्ष को मौद्रिक निति जारी गर्दा र त्यसको पहिलो त्रैमास मा सेयर कर्जाको सिमा परिमार्जन र जोखिम भारमा कम गरिसकेको हकमा नेपाल राष्ट्र बैंक बाट प्रत्यक्ष रुपमा सेयर मार्केट मा प्रभाव पार्ने गरी थप निति को आसा गर्ने स्थीती पनि हाललाई थिएन । सेयर कर्जा असिमीत छोडनु पनि अब मुठ्ठीभर सट्टेवाज लाई फाइदा पुर्‍याउनु मात्र हुनेछ ।

अहिले सेयर इन्डेक्स बढ़न नसक्नुमा देशमा खस्केको business confidence नै प्रमुख कारण रहेको प्रष्ट छ । यसरी खस्केको व्यावसायिक वातावरण लाई सुदृढ बनाउन सरकार को व्यवसाय प्रती सकारात्मक निति र रवैया दुवै कायम हुन आवश्यक छ । आगामी महिना हुने लगानी सम्मेलन संगसंगै देशमा सकारात्मक व्यवसायिक वातावरण बन्नेछ र जसअनुसार देश सकारात्मक लय तिर जानेछ भन्ने आशा लिन सकिन्छ ।

संगसंगै यसको अधिकतम फाइदा लिन नितिगत झमेला लाई अन्त गर्दै सरकारले ब्यापार व्यवसाय स्थापना र सन्चालन का सन्दर्भमा एकद्वार निति ( single door policy) लिन पनि अति आवश्यक छ । अर्थतन्त्र लयमा फर्के पछि हालको जस्तो घट्दो ब्याजदर भएको स्थीतीमा सेयर मार्केट नबढेर सुख छैन ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया