Nepal Life

“महालक्ष्मी विकास बैंक नेप्सेद्धारा जारी संगठित संस्थाको वर्गिकरणमा “ ए” वर्गमा पर्न सफल”

NMB Bank
  • BFIS News
  • 2024 Feb 16 13:27
“महालक्ष्मी विकास बैंक नेप्सेद्धारा जारी संगठित संस्थाको वर्गिकरणमा “ ए” वर्गमा पर्न सफल”
United Ajod

काठमाडौं । महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्जद्धारा जारी गरिएको सुचना बमोजिम संगठित संस्थाको वर्गिकरणमा  “ए” वर्गमा परेको छ ।

 

Shikhar
Nepal Life
NIMB

धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पुरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभाशं वितरण गरेको, क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेश गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरेको संस्थाहरु “ए” वर्गमा पर्ने ब्यवस्था रहेको र सोही बमोजिम महालक्ष्मी विकास बैंक “ए” वर्गमा पर्न सफल भएको छ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् । साथै पुस २८ गते सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया