Nepal Life

कृषि विकास बैंकद्वारा ठूलो संख्यामा कर्मचारी माग

NMB Bank
  • BFIS News
  • 2024 Feb 23 09:01
कृषि विकास बैंकद्वारा ठूलो संख्यामा कर्मचारी माग
United Ajod

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले विभिन्न पदका लागि ११२ कर्मचारी माग गरेको छ। बैंकले आज सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगिताद्वारा रिक्त रहेको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।

Shikhar
Nepal Life
NIMB

बैंकले शाखा प्रमुख आठौं तहदेखि लेखापाल चौथो तहसम्मका कर्मचारी माग गरेको हो। बैंकले शाखा प्रमुखका लागि २ जना, वरिष्ठ लेखा अधिकृत २ जना, व्यवसाय अधिकृत ३२ जना, कम्प्युटर अधिकृत २ जना, इन्जिनियर (आईटी) १ जना, कर्जा अधिकृत ६ जना, व्यवसाय सहायक १६ जना, कानून सहायक १ जना, कर्जा सहायक ३ जना, ओभरसियर १ जना र लेखापाल ४६ जना गरी कुल ११२ जना कर्मचारी माग गरेको छ।  

यी पदहरुमा फागुन ११ गतेदेखि बैंकको अनलाइन vacancy.adbl.gov.np मार्फत आवेदन दिन सकिने छ। दरखास्त फाराम भर्ने अन्तिम मिति आगामी चैत १ गते रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया