Nepal Life

बीमा क्षेत्रका पाँच पूर्वसिइओ सम्मानित

NMB Bank
  • BFIS News
  • 2024 Mar 28 15:58
बीमा क्षेत्रका पाँच पूर्वसिइओ सम्मानित
United Ajod

काठमाडौं । जीवन बीमक संघ नेपालले बीमा क्षेत्रका पाँच पूर्वकार्यकारी अधिकृत (सिइओ) लाई सम्मानित गरेको छ। आज (बिहीबार) संघले एक कार्यक्रमको आयोजना गर्दै बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने पूर्वसिइओहरुलाई सम्मानित गरेको हो।

Shikhar
Nepal Life
NIMB

सम्मानित हुनेमा रमेशकुमार भट्टराई, मनोजकुमार भट्टराई, कवि पाठक, निर्मल ढकाल र एलपी दास रहेका छन्।

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको उपस्थितीमा उनीहरुलाई सम्मान गरिएको हो।

सो कार्यक्रमलाई सम्बोधन गर्दै सिलवालले बीमा क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरु सम्मानित गरी आउने समयमा पनि उनीहरुको अनुभवलाई प्रयोग गरी बीमा क्षेत्रलाई थप अगाडी बढाउनु पर्ने बताए।

जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेलले समग्र रुपमा बीमा क्षेत्रमा लामो समयदेखि कार्य गरिरहेका तथा नेपालको बीमा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने कर्मचारी तथा पूर्वसिइओहरुलाई गरिएको सम्मानले एउटा राम्रो संस्कारको विकास भएको बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया