Nepal Life

सानिमा जिआइसी इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित

NMB Bank
  • BFIS News
  • 2024 Apr 12 08:15
सानिमा जिआइसी इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
United Ajod

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ। चैत २९ गते बसेको कम्पनीको छैठौं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो।

Shikhar
Nepal Life
NIMB

योसँगै कम्पनीले चुक्ता पुँजी २ अर्बको २५ प्रतिशत अर्थात ५० करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने छ ।

सभाले संचालक समितिबाट मनोनित स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नुका साथै कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) बमोजिम आर्थिक वर्ष २०७९/०८० मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

सभामा आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) बमोजिमको वित्तीय विवरण पारित भएको छ।

त्यसैगरी, आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा एन. अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई नियुक्त गरिएको छ।
 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया