Nepal Life

कुमारी बैंकद्वारा १० लाख बीमा रकम भुक्तानी

NMB Bank
  • BFIS News
  • 2024 Apr 21 16:16
कुमारी बैंकद्वारा १० लाख बीमा रकम भुक्तानी
United Ajod

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रूपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ।

Shikhar
Nepal Life
NIMB

खाता धारकको परिवारको तर्फबाट कावासोती न.पा. वडा नं २ निवासी निज खाता धारक लक्ष्मी पाण्डे र निजको श्रीमान विश्व नाथ पाण्डेलाई संयुक्त रूपमा रकम हस्तान्तरण गरिएको हो।

उक्त रकम कुमारी बैंकको कावासोती शाखाबाट हस्तान्तरण गरिएको हो।

नेको इन्स्योरेन्सबाट बीमा दाबी रकम प्राप्त भई कुमारी बैंकमार्फत् सो रकम भुक्तानी गरिएको थियो।   

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ।

यस खातामा खातावालासहित परिवारका चारजना सदस्यले २६ लाख रूपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ।

सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्क्तता, चिकित्सा उपचार र घातक रोगहरूका लागि बीमा सुविधा प्रदान गरिन्छ।

बैंकले विगत ४ वर्षदेखि ग्राहकहरूको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजनामार्फत् बीमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ इकाइहरूमार्फत् अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया