Nepal Life

सपोर्ट लघुवित्तको नाफामा उछाल, यस्तो छ संस्थाका तेस्रो त्रैमाससम्मको वित्तीय विवरण

NMB Bank
  • BFIS News
  • 2024 Apr 24 08:23
सपोर्ट लघुवित्तको नाफामा उछाल, यस्तो छ संस्थाका तेस्रो त्रैमाससम्मको वित्तीय विवरण
United Ajod

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा उछाल आएको छ। संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणमा ९४.८९ प्रतिशतको वृद्धि देखिएको हो।

Shikhar
Nepal Life
NIMB

सो अवधिमा उसले १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोही अवधिमा संस्थाले ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
 
संस्थाको खुद ब्याज आम्दानी ८.७८ प्रतिशतले वृद्धि भएर ४ करोड ९१ लाख रुपैयाँ पुगेको छ। संस्थाको कर्मचारी खर्च ४ करोड र अन्य सञ्चालन खर्च १ करोड ५२ लाख रुपैयाँ रहेको छ।

सञ्चालन आम्दानी ८९.३५ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २४.१० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १२०.९३ प्रतिशत बढेको छ।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३ करोड ६५ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । संस्थाको खराब कर्जा अनुपात ३.२५ प्रतिशतबाट घटेर १.४७ प्रतिशतमा सीमित बनेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ ४१ पैसा बढेर १७ रुपैयाँ २८ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७७.९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२ रुपैयाँ ४० पैसा रहेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया