Nepal Life

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्तर्क्रिया सम्पन्न

NMB Bank
  • BFIS News
  • 2024 Apr 30 17:50
बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्तर्क्रिया सम्पन्न
United Ajod

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकहरूका परिपालन अधिकृतहरूसँग परिपालन सम्बन्धी समग्र विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Shikhar
Nepal Life
NIMB

बीमकहरूले बीमा व्यवसाय संचालन गर्दा प्रत्येक त्रैमासमा परिपालन प्रतिवेदन प्राधिकरणमा पेश गर्दा देखिएका कमी कमजोरी तथा सुधार गर्नुपर्ने विषयहरूमा परिपालन अधिकृतहरूका राय सुझावहरू लिन कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐन, नियम र प्राधिकरणबाट जारी निर्देशिका तथा निर्देशनहरू बमोजिम सुशासनमा रहेर काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।

कार्यकारी निर्देशक पौडेलले बीमकहरूले आन्तरिक नियन्त्रण प्रणालीमा सुशासन कायम गर्नुपर्ने, बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने र कारवाहीको अवस्था नआउने गरी काम गर्नुपर्ने बताए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमकका परिपालन अधिकृतहरूले जति राम्रो काम गर्यो त्यति नै कम्पनीलाई सशक्त र सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले कम्पनीका काम कारवाही, ऐन, नियम, निर्देशिका र निर्देशनको परिपालनको अवस्था लगायत समग्र विषय समेटेर परिपालन अधिकृतहरूले प्रतिवेदन तयार गरी प्राधिकरणमा बुझाउनुपर्ने बताए । साथै, उनले बीमकहरूले सम्पत्ति सुद्धीकरण हेर्न अलग्गै कार्यान्वयन अधिकारी राख्नुपर्ने आवश्यकता औंल्याए । 

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले सम्पत्ति सुद्धीकरण निवारण सम्बन्धमा, उपनिर्देशक विरोध भट्टले बीमा दाबी फर्छौट सम्बन्धमा र उपनिर्देशक नील प्रसाद लामिछानेले सुशासन सम्बन्धमा प्रस्तुती दिएका थिए ।
कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका परिपालन अधिकृतहरूको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया