Nepal Life

बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्वारा क्रिकेट र व्याडमिन्टन प्रतियोगिता सम्पन्न

NMB Bank
  • BFIS News
  • 2024 May 05 13:58
बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्वारा क्रिकेट र व्याडमिन्टन प्रतियोगिता सम्पन्न
United Ajod

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवको अवसरमा मधेश प्रदेश कार्यालयले क्रिकेट तथा व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । प्रदेश कार्यालय वीरगञ्जमा यहि बैशाख १९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा निर्जीवन बीमा समुह विजयी भएको छ ।

Shikhar
Nepal Life
NIMB

प्रतियोगितामा वीरगञ्ज क्षेत्रमा रहेका जीवन, निर्जीवन र बीमा प्राधिकरणको प्रादेशिक कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो । जीवन बीमा कम्पनीहरुको तर्फबाट तीन वटा समुह, निर्जीवन बीमा कम्पनीहरुको तर्फबाट तीन वटा समुह, सर्भेयरहरुको तर्फबाट एउटा समुह र नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयबाट एक समुह सहित ८ वटा समुहको सहभागिता थियो ।

यसरी ८ समुह विच भएको इन्डोर क्रिकेट प्रतियोगिता शनिवारसम्म सञ्चालन भएको शिखर इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख सुरेश चन्द्र गुप्ताले जानकारी दिए । फाइलन प्रतियोगिता निर्जीवन बीमा समुह ‘ए’ र नेपाल बीमा प्राधिकरण समुह विच भएको थियो । फाइलमा निर्जीवन बीमा समुहले नेपाल बीमा प्राधिरकरणलाई तीन रनले हराएर विजेता हुन सफल भएको छ । निर्जीवन बीमाको तर्फबाट समुह ‘ए’ शिखर इन्स्योरेन्स कम्पनी, युनाइटेड अजोड कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनी र सानिमा जिआइसी इन्स्योरेन्स कम्पनी थिए । विजेता समुहको क्याप्टेन शिखर इन्स्योरेन्स कम्पनीको विरगञ्ज शाखा प्रमुख नितेश कुमार दास थिए ।

यहि अवसरमा सम्पन्न भएको व्याडमिन्टर प्रतियोगिता भने प्रमुख महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी विजयी भएको छ । फाइलन प्रतियोगितामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी विच प्रतिस्पर्धा भएको थियो । प्रभु महालक्ष्मी लाइफकी श्रृती पुडासैनी विजयी भएकी हुन् ।  

प्राधिकरणले छोटो समयको तयारीमै यो कार्यक्रम सञ्चालन गरेकाले मधेश प्रदेशका सबै शाखा कार्यालयहरुलाई समेट्न नसकेको भन्दै कम्पनीहरुले आगामी दिनमा प्रदेशभरका सबै शाखालाई समेट्ने गरि यस्तो प्रतयोगिता सञ्चालन गर्न अनुरोध गरेका थिए ।

मधेश प्रदेश प्रमुख कुसुम शर्माले आगामी दिनमा प्राधिकरणले यस्ता कार्यक्रमलाई अझै तिव्रताका साथ अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेकी छिन् । उनले आगामी बैशाख २९ गते प्राधिकरणले आह्वान गरेको रक्तादन कार्यक्रममा अत्याधिक सहभागिता जनाएर सफल पार्न अनुरोध गरेकी छिन् । नेपाल बीमा प्राधिकरणले ५६ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया