Nepal Life

सन लाइफले बोलायो साधारणसभा, लाभांश वितरणको प्रस्ताव पेश हुने

NMB Bank
  • BFIS News
  • 2024 May Tue 07:42
सन लाइफले बोलायो साधारणसभा, लाभांश वितरणको प्रस्ताव पेश हुने
United Ajod

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ। गत वैशाख १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभा आगामी जेठ ९ गते बोलाएको हो। सभा बिहान १० बजे काठमाडौंको कालिकास्थानमा रहेको अमृतभोगमा आयोजना हुनेछ।

Shikhar
Nepal Life
NIMB

सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित २३.८० प्रतिशत बोनस शेयर र १.२५२६ प्रतिशत नगद लाभांश गरी कुल २५.०५२६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।  

प्रस्तावित बोनस शेयर वितरण पश्चात चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ कायम हुने र नपुग पूँजी कायम गर्न उक्त पूँजीको २७ प्रतिशत हकप्द जारी गर्ने र बोनस र हकप्रद पश्चात अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित आव २०७९/८० को वासलात नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आगामी वैशाख २७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ वैशाख २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया