Nepal Life

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा, सबैले आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Jun 09 09:47
प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा, सबैले आवेदन दिन पाउने
United Ajod

काठमाडौं। प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल माध्यमबाट बिक्रीमा राखेको हो।  

Shikhar
Nepal Life
NIMB

यो सेयरका खरिदका लागि जो कोही व्यक्ति, संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। सेयरको न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी जेठ ३१ गतेभित्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ।  

गोप्य शिलबन्दी आवेदन पेश गर्दा आफूले लिन चाहेको सेयर संख्या र दरभाउ उल्लेख गर्नुपर्नेछ।  

लगानीकर्ताले न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया