Nepal Life

आइपिओ निष्कासन गर्दै ट्रष्ट माइक्रो इन्स्योरेन्स, बोलायो विशेष साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Jun 10 08:11
आइपिओ निष्कासन गर्दै ट्रष्ट माइक्रो इन्स्योरेन्स, बोलायो विशेष साधारण सभा
United Ajod

काठमाडौं। ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपिओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा बोलाएको छ।

Shikhar
Nepal Life
NIMB

सभा आगामी असार २२ गते बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे बस्नेछ।  

उक्त सभामा आइपिओ निष्कासन सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीलाई छुट्याइएको सेयरबाट कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्याउने गरी प्रबन्धपत्र शंशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ।  

यस्तै,अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात, नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै सञ्चालक समितिको निर्वाचन तथा स्वतन्त्र विज्ञ सञ्चालको नियुक्तीको प्रस्ताव समेत पारित गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया