Nepal Life

कुमारी बैंकको ४५ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Jun 10 08:17
कुमारी बैंकको ४५ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले आवेदन दिन पाउने
United Ajod

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरूको नाममा रहेको ४५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीहरूको नाममा रहेको ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।

Shikhar
Nepal Life
NIMB

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि जो कोहि व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ।

इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटलमा आइपुग्ने गरी असार ३ गतेसम्म आवेदन दिनु पर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया