Nepal Life

नेप्सेमा ८.९० अंकको वृद्धि, जलविद्युत समूहको परिसूचक सर्वाधिक बढ्यो

NMB Bank
  • BFIS News
  • 2024 Jun 10 15:52
नेप्सेमा ८.९० अंकको वृद्धि, जलविद्युत समूहको परिसूचक सर्वाधिक बढ्यो
United Ajod

काठमाडौं। आज (सोमबार) नेप्से परिसूचक ८.९० अंकले बढेको छ। यसदिन नेप्से ०.४२ प्रतिशतले बढेर २०८२.०९ विन्दुमा बन्द भएको छ।

Shikhar
Nepal Life
NIMB

यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आइतबार पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रूपैयाँको कारोबार भएकोमा सोमबार पाँच अर्ब ४९ करोड छ लाख नौ हजार ७८२ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३१ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३१४ वटा धितोपत्रको एक करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर किनबेच भएको हो। सोमबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६१ वटाको घटेको छ। यस्तै, ९ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन अधिकांश हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ। कुथेली बुखरी हाइड्रोपावर, त्रिशूली जलविद्युतको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। पिपुल्स पावरको सेयर मूल्य ९.९९ प्रतिशत र मोलुङ हाइड्रोपावरको सेयर मूल्य ९.४९ प्रतिशतले बढेको छ।   

जानकी फाइनान्सको मूल्य सर्वाधिक ८.६७ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रति कित्ता मूल्य ५६३ रूपैयाँ ५० पैसा कायम भएको छ।
यस्तै, बाराही हाइड्रोपावरको मूल्य ५.२९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६२५ रूपैयाँमा झरेको छ।

सोमबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ६६१ रूपैयाँमा ४१ करोड ८७ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.६९ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा माउन्टेन इनर्जी रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५९६ रूपैयाँमा २४ करोड ४७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी सात समूहको परिसूचक बढेको छ। यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक २ प्रतिशतले बढेको छ भने म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक ३.७४ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया