Nepal Life

माउन्टेन इनर्जीको बोनस सेयर डिम्याट खातामा जम्मा

NMB Bank
  • BFIS News
  • 2024 Jun 11 08:21
माउन्टेन इनर्जीको  बोनस सेयर डिम्याट खातामा जम्मा
United Ajod

काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले सूचना जारी गर्दै गत चैत १३ गते सम्पन्न कम्पनीको १० औं वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा गरिएको जनाएको हो।

गत फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ।  

उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएसएसीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया