Nepal Life

नेशनल लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा

NMB Bank
  • BFIS News
  • 2024 Jun 11 08:30
नेशनल लघुवित्तको बोनस सेयर डिम्याट खातामा जम्मा
United Ajod

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको छ । गत आव २०७९/८० का लागि पारित गरेको ७.५ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा गरिएको हो।

Shikhar
Nepal Life
NIMB

उक्त बोनस सेयर नेप्से र सिडिएसएसीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ।  

गत फागुन २९ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर सम्बन्धित डिम्याट खातामा जम्मा गरिएको संस्थाले जनाएको छ। उक्त मितिपश्चात अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा भने क्रमशः उक्त बोनस सेयर जम्मा गरिने छ ।  

फागुन २९ गतेसम्म सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरुलाई भने बोनस सेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न सेयरधनीहरुलाई संस्थाले आग्रह गरेको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया