Nepal Life

छिमेक लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jun 11 08:41
छिमेक लघुवित्तको ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थाले ४७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।

Shikhar
Nepal Life
NIMB

हाल कायम संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुकले आवश्यक कागजातसहित ३५ दिनभित्र आफूले खरिद गर्ने सेयर कित्ता खुलाई संस्थाको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ। तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने लघुवित्तले जनाएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया