Nepal Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक

NMB Bank
  • BFIS News
  • 2024 Jun 16 08:21
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक
United Ajod

काठमाडौं । कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले कम्पनीको ६४ हजार ६१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको हो ।

Shikhar
Nepal Life
NIMB

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ निर्धारण गरिएको छ।

सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो कोहि व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। बोलपत्र आवेदन पेस गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिने बैंकले जनाएको छ।

इच्छुकले काठमाडौं नक्सालमा रहेको बिक्री प्रबन्धक कुमारी क्यापिटलमा आइपुग्ने गरी असार ९ गते दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया