Nepal Life

विजय लघुवित्तले एफपीओ निष्कासन गर्ने,बोलायो साधारणसभा

NMB Bank
  • BFIS News
  • 2024 Jun 23 04:52
विजय लघुवित्तले एफपीओ निष्कासन गर्ने,बोलायो साधारणसभा
United Ajod

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीको गत असार ७ गते बसेको सञ्चालक समितिको १३ औं बैठकले एफपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहितका विभिन्न प्रस्ताव पारित गर्न  १५ औं वार्षिक साधारणसभा बोलाएको हो ।

Shikhar
Nepal Life
NIMB

सभा आगामी असार ३० गते आईतबार धुलिखेल लज रिसोर्ट, धुलिखेलमा बिहान ११ बजेदेखि शुरु हुने छ ।सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आव २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने  तथा लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, आव २०७९/८० को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको वित्तीय विवरण तथा सो सम्वन्धी अनुसूचीहरु छलफल गरी पारित गर्नेछ  ।

त्यस्तै सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहकबाट चार जना र सर्वसाधारण समूह खबाट दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले  पारित गर्नेछ ।यसैगरी, सभाले संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने छ ।

त्यस्तै  सभाले सर्वसाधारणको लागि छुट्याइएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्कासन एफपीओका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पारित  गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि असार १७ गतेदेखि असार ३०गतेसम्म बुक क्लोज गर्ने भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया