Nepal Life

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

NMB Bank
  • BFIS News
  • 2024 Jun 24 16:01
नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
United Ajod

काठमाडौं । आज नेप्से परिसूचक ३.२१ अंकले बढेको छ। नेप्से २०६६.१६ विन्दुमा पुगेर बन्द भएको छ। आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

Shikhar
Nepal Life
NIMB

आइतबार चार अर्ब ३७ करोड ४५ लाख ९७ हजार ४५८ रूपैयाँको सेयर कारोबार भएकोमा सोमबार पाँच अर्ब ७ करोड ७२ लाख ५५ हजार ११६ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७० करोड रूपैयाँले वृद्धि भएको हो।

यस दिन ३२२ वटा धितोपत्रको एक करोड ७ लाख ७ हजार ८७८ कित्ता सेयर किनबेच भएको हो।

सोमबार १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ वटाको घटेको छ। यस्तै, ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन नेपाल फाइनान्स र गणपति लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ९२० रूपैयाँ र एक हजार ५९१ रूपैयाँ १० पैसा कायम भएको छ।  

बुद्धभूमि नेपाल हाइड्रोपावरको मूल्य सर्वाधिक ७.०१ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ६७५ रूपैयाँ कायम भएको छ। यस्तै, १०.३५% एग्रिकल्चर बैंक डिबेन्चर २०८३ को मूल्य ३.७६ प्रतिशतले घटेर प्रति डिबेन्चर मूल्य एक हजार ७३ रूपैयाँ १० पैसामा झरेको छ।

सोमबार मेरो माइक्रोफाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ७०० रूपैयाँ ३० पैसामा २४ करोड ३२ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.०६ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६६२ रूपैयाँमा १८ करोड ४१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये छ समूहको परिसूचक बढेको छ भने बाँकी ७ समूहको परिसूचक घटेको हो। यसदिन वित्त समूहमा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक २.११ प्रतिशतले बढेको छ।  यस्तै, विकास बैंक समूहको परिसूचक १.५६ प्रतिशतले बढेको छ।
 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया