Nepal Life

रिलायन्स स्पिनिङ मिल्सले पायो आइपिओ निष्काशनको अनुमति, आवेदन दिन कम्तिमा ४१ हजार ४० रुपैयाँ चाहिने

NMB Bank
  • BFIS News
  • 2024 Jun 26 20:41
रिलायन्स स्पिनिङ मिल्सले पायो आइपिओ निष्काशनको अनुमति, आवेदन दिन कम्तिमा ४१ हजार ४० रुपैयाँ चाहिने
United Ajod

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ प्रक्रियामा रहेको रिलायन्स स्पिनिङ मिल्सको आइपिओ स्वीकृत गरेको छ। सर्वसाधारणको लागि छुट्याएको ६० प्रतिशत हुन आउने ११ लाख ५५ हजार ९६० कित्ता शेयर बोर्डले स्वीकृत गरेको हो।

Shikhar
Nepal Life
NIMB

आठ सय २० रुपैयाँ ८० पैसा प्रति कित्ताका दरले हुन आउने ९४ करोड ८८ लाख रुपैयाँ ११ हजार ९६८ रुपैयाँ बराबरको शेयर स्वीकृत भएका हुन्। अब लगानीकर्ताले प्रति कित्ता मूल्य ८ सय २० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्ने छ। यसका लागि कम्तिमा पनि ४१ हजार ४० रुपैयाँ चाहिनेछ । 

रिलायन्सले यस अघि नै संस्थागत लगानीकर्तालाई शेयर बाडँफाँट गरिसकेको छ। गत माघमा निष्कासन गरिएको शेयरको कट अफ प्राइस ९ सय १२ रुपैयाँ आएको थियो। त्यस बेला कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ताको लागि आवेदन माग गरेकोमा ११ लाख भन्दा बढीको शेयर माग हुन आएको थियो।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको थियो। यस भन्दा अगाडी सर्वोत्तम सिमेन्टले पनि बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन गरेको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया