Nepal Life

समस्याग्रस्त घोषणा गरिएको कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबारमा रोक, राष्ट्र बैंकले नियन्त्रणमा लियो

NMB Bank
  • BFIS News
  • 2024 Dec 26 10:45
समस्याग्रस्त घोषणा गरिएको कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबारमा रोक, राष्ट्र बैंकले नियन्त्रणमा लियो
United Ajod

काठमाडौं । समस्याग्रस्त घोषणा भएपछि कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको छ। नेप्सेले बिहीबारदेखि कम्पनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का हुने जनाएको छ। राष्ट्र बैंकले आजदेखि बैंकको सम्पुर्ण पक्षहरुलाई नियन्त्रणमा लिएर सुधारको काम गर्दैछ । यस अगाडी नै बैंकको कारोबारमा रोक लगाइसकिएको छ । 

Shikhar
Nepal Life
NIMB

नेपाल राष्ट्र बैंकले बुधबार बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम नेपालगञ्ज, बाँके केन्द्रीय कार्यालय रहेको उक्त विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । समस्याग्रस्त घोषणा भएसँगै नेपाल राष्ट्र बैंक ऐनको दफा ८६ ग बमोजिम कर्णाली विकास बैंकको व्यवस्थापन समेत केन्द्रीय बैंकले नियन्त्रणमा लिएको छ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशंका भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिएको हो।

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेसँगै बैंकको शेयर कारोबार समेत रोक्का हुने भएको हो। अब कम्पनीको अवस्था सुध्रिएर समस्यामुक्त भएपछि मात्रै कम्पनीको शेयर कारोबार खुल्ला हुने छ। हाल बैंकको शेयरमूल्य प्रतिकित्ता ८१० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया