Nepal Life

लगानीको जोखिम लगानीकर्ताको हो , बचतकर्ताको होइन: नरेन्द्र सिजापती

NMB Bank
  • BFIS News
  • 2024 Dec 31 12:13
लगानीको जोखिम लगानीकर्ताको हो , बचतकर्ताको होइन: नरेन्द्र सिजापती
United Ajod

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबारमा रोक्का गरिएको विषयलाई लिएर लगानीकर्ताहरुले विरोध जनाइरहेका छन् । यस अगाडी राष्ट्र बैंकले कर्णाली बैंकलाई निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगाउदा दोस्रो बजारमा सर्किट लागेको थियो । जतिवेला पनि लगानीकर्ताले नियामक निकायलाई किन कारोबार नरोकेको भन्दै विरोध जनाएका थिए । 

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकले यहि पुस १० गतेदेखि समस्याग्रस्त घोषणा गर्दै सम्पुर्ण व्यवस्थापनको जिम्मा लिइसकेको छ । यस सँगै नेप्सेमा बैंकको कारोबार रोक्का गरिएको छ । यहि सन्दर्भलाई लिएर नरेन्द्र सिजापतीले 'नेपाल राष्ट्र बैंकले, कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गर्दै बैंकको जिम्मा लिएको छ, जसले गर्दा यो कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ। यस कदमले वित्तीय अपचलनको छानबिन अघि बढाउन मद्दत पुग्ला र बचतकर्ताको हितको संरक्षणमा महत्त्वपूर्ण सहयोगी होला । तर, शेयर खरिद बिक्री रोक्का प्रक्रियाले शेयरधनीहरूलाई नकारात्मक असर परेको छ ।' भनेका छन् । उनले नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई अनुरोध गर्दै कारोबार खोल्नाले बजारमा विश्वास स्थापित गर्न मद्दत बताएका छन् । 

लगानीको जोखिम लगानीकर्ताले लिने उनको तर्क छ । दोस्रो बजार जोखिम बहन गर्न सक्नेका लागि मात्रै भएकाले लगानीको जोखिम लगानीकर्ता स्वयंले लिने उनि बताउछन् । बचतकर्ताले लगानीको जोखिम लिइरहनु नपर्ने उनको तर्क छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया