Nepal Life

आरविवि सेक्युरिटिजले ब्रोकर सेवालाई ग्रामीण क्षेत्रमा विस्तार गर्दै

NMB Bank
  • BFIS News
  • 2025 Jan 10 20:57
आरविवि सेक्युरिटिजले ब्रोकर सेवालाई ग्रामीण क्षेत्रमा विस्तार गर्दै
United Ajod

काठमाडौं, पुस २६ गते। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि सेक्युरिटीज कम्पनी लिमिटेडकोे दोस्रो वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनीको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले आ.व. २०८०-०८१ को कम्पनीको वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ । 

Shikhar
Nepal Life
NIMB

साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको ब्रोकर सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालीन सोच अनुरुप रणनीति तयार गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र ग्रामीण क्षेत्रमा रहेका जनताले पनि ब्रोकर सेवा लिन सकिने वातावरण बनाउनुपर्ने बताए । 

आरविवि सेक्युरिटीज कम्पनीका प्रमुख कार्यकारी अधिकृत वेनी श्रेष्ठले हाल २० करोड चुक्तापुँजी रहेको कम्पनीले धितोपत्र व्यवसायको व्यावसायिक कारोबार(ब्रोकर) मिति २०८१ असार २६ गतेबाट सुरु गरेको बताए । नेपाल स्टक एक्सचेन्जबाट सदस्यता नम्बर ९७ प्राप्त गरेको आरविवि सेक्युरिटीज कम्पनीले ब्रोकर, मार्जिन, थोक कारोबार तथा अन्य पुँजीबजारसम्बन्धी सेवाहरु प्रदान गरिरहेको छ ।

साधारण सभामा आरविवि सेक्युरिटीज कम्पनी लिमिटेडका सञ्चालकहरु गायत्री श्रेष्ठ, राज्य लक्ष्मी खड्गी, शेयरधनीका प्रतिनिधि एवं बैंकका विभागीय प्रमुख आनन्द सुवेदी, बैंकका उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापा, कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार देवीप्रसाद सुवेदी, बाह्य लेखापरीक्षक सिए आनन्दराज शर्मा वाग्लेलगायत आरविवि सेक्युरिटीजका कर्मचारीहरुकोे उपस्थिति रहेको जानकारी उपकार्यकारी अधिकृत एवं सूचना अधिकारी पवन रेग्मीले दिए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया