Nepal Life

राष्ट्रिय कृषि कम्पनीले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

NMB Bank
  • BFIS News
  • 2025 Jan 14 10:31
राष्ट्रिय कृषि कम्पनीले आइपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
United Ajod

काठमाडौं । राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर आइपिओ (निष्कासन) गर्ने भएको छ। यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

Shikhar
Nepal Life
NIMB

सो सम्बन्धमा कम्पनी र क्यापिटलबिच आइतबार सेयर निष्कासनसम्बन्धी द्विपक्षीय सम्झौतासमेत भइसकेको छ। ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा विशेष कार्यक्रम गरी राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष विशाल हुमागाई र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। 

उक्त कार्यक्रममा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडका तर्फबाट सञ्चालक सुदीप सापकोट तथा व्यवस्थापक सन्तोष थापा तथा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट कम्पनीसचिव छविलाल शर्मा पौडेल तथा प्रतिनिधि प्रदीपराज खनाल उपस्थित थिए। ‘माटोदेखि सफलतासम्म’ भन्ने यसको मूल नाराका साथ २७ वैशाख ०८१ मा यो कम्पनी स्थापना गरिएको थियो। कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र कृषक सशक्तीकरण गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीको भनाइ छ। 

कम्पनीले कृषिको ई–कमर्स र मार्केटप्लेस स्थापना गरी कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्ने लक्ष्य लिएको छ। साथै, कम्पनीले कृषि बजार सञ्चालन, शीतभण्डार सञ्चालन, डल्ले च्याउ उत्पादन, कम्पोस्ट उत्पादन र क्यानिङ उद्योग स्थापनाजस्ता महत्वपूर्ण कार्यहरू तथा कृषि पर्यटनको अवधारणालाई समेत अघि बढाउँदै, कृषिको क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको मेरुदण्ड बनाउने बताइएको छ। 

हालसम्म कम्पनीमा ७०० भन्दा बढी संस्थापकहरू आबद्ध भइसकेका छन्। कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया