Nepal Life

राष्ट्र बैंकले आज पुनः ३० अर्ब रुपैयाँ बजारबाट तान्ने

NMB Bank
  • BFIS News
  • 2025 May 11 12:19
राष्ट्र बैंकले आज पुनः ३० अर्ब रुपैयाँ बजारबाट तान्ने
United Ajod

काठमाडौं, वैशाख २८। नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आइतबार ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण (डेपोजिट कलेक्सन इन्स्ट्रुमेन्ट) जारी गर्ने भएको छ।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकका अनुसार उक्त उपकरणको बोलकबोल आइतबार नै हुनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्।

बजारमा तरलता अत्यधिक भएपछि केन्द्रीय बैंकले यस्तो उपकरण समयसमयमा प्रयोग गर्दै आएको हो। यसपटक २१ दिनको अवधिका लागि निक्षेप संकलन गरिनेछ, जसको साँवा र ब्याज जेठ ११ गते भुक्तानी हुने जनाइएको छ।

ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम पाँच करोड रुपैयाँको गुणात्मक अन्तरमा माग गर्न सक्नेछन्, जसमा निःशेष रकम बाँडफाँट गरिनेछ।

राष्ट्र बैंकले पछिल्ला केही सातादेखि निरन्तर रूपमा तरलता व्यवस्थापनका लागि यस्ता उपकरणमार्फत रकम संकलन गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया