Nepal Life

गभर्नर छनोट समितिका सदश्य विश्व पौडेलले दिए राजिनामा, सबैलाई पाखा लगाउदै आफै गभर्नर बन्दै

NMB Bank
  • BFIS News
  • 2025 May 11 20:12
गभर्नर छनोट समितिका सदश्य विश्व पौडेलले दिए राजिनामा, सबैलाई पाखा लगाउदै आफै गभर्नर बन्दै
United Ajod

काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट डा. विश्व पौडेलले राजिनामा दिएका छन्। नेपाली काँग्रेसले रिक्त गभर्नरमा नियुक्तिका लागि डा. गुणाकर भट्टको सट्टा डा. विश्व पौडेललाई गभर्नर बनाउन देउवा निवासले बालुवाटारलाई अनौपचारिक आग्रह गरे सँगै पौडेले छनोट समितिबाटै राजिनामा दिएका हुन्। 

Shikhar
Nepal Life
NIMB

कायममुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले कार्यकारी निर्देशक भट्टको राजीनामा तीन सातासम्म स्वीकृत नगरेर अड्काएपछि काँग्रेसभित्रको एउटा समूहले पौडेलको नाम अघि सारेको हो। सिफारिस समितिमा सदस्यका रुपमा रहेका पौडेल योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । तर,उनी नेपाली काँग्रेस महासमिति सदस्य पनि छन् । गत आमनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट काँग्रेस उम्मेदवार रहेका पौडेल रास्वपाका हरि ढकालबाट पराजित भएका थिए ।

उनी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाको स्कूल युलेन्समा सन् २०१९ देखि २०२१ सम्म ट्रस्टी थिए । विज्ञताको हिसाबले उनले अर्थशास्त्र र अर्थशास्त्रीहरुको इतिहासमा पिएचडी गरेका छन्। जबकि गभर्नरको निम्ति सबैभन्दा योग्य मौद्रिक अर्थशास्त्री हुनुलाई राम्रो मानिन्छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया