Nepal Life

सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा, कार्ड मार्फत सहजै भुक्तानी पाउने  

NMB Bank
  • BFIS News
  • 2025 May 13 17:20
सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा, कार्ड मार्फत सहजै भुक्तानी पाउने  
United Ajod

काठमाडौं, बैशाख ३० गते। सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) को सहकार्यमा कार्डमा आधारित सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गरेको छ । यो सेवाबाट बैंकमा खाता भएका व्यवसायी (मर्चेन्ट)हरूले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट जारी भएको भिसा तथा मास्टर कार्डमार्फत नेपाल तथा विदेशमा भएका ग्राहकबाट सजिलै अनलाइन भुक्तानी लिन सक्नेछन् ।  

Shikhar
Nepal Life
NIMB

सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे मार्फत अब ई–कमर्स कारोबार गर्ने विद्यालय, अस्पताल, होटल, ट्राभल एजेन्सी, एनजीओ लगायतका संस्थाहरूले देश तथा विदेशबाट सहज रूपमा अनलाइनमार्फत भुक्तानी लिन सक्नेछन् ।

यस गेटवेको प्रयोगले भुक्तानी प्रक्रियामा कार्डलाई भौतिक रूपमा प्रस्तुत गर्नुपर्ने झन्झट हटाएको छ । साथै, यस पेमेंट गेटवेको प्रयोगले आधुनिक प्रविधिको प्रयोग गर्दै कुनै पनि प्रकारको अनलाइन भुक्तानीलाई छिटो, सुरक्षित र विश्वसनीय बनाउनेछ ।
सिद्धार्थ अनलाइन पेमेन्ट गेटवेको मुख्य उद्देश्य डिजिटल भुक्तानी प्रणालीलाई सरल, सुरक्षित र सुलभ बनाउनु मात्र होइन कि बैंकका मर्चेन्टहरूलाई व्यापारिक दृष्टिकोणबाट थप सहयोग पुर्याउनु पनि हो ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्ने छन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया