Nepal Life

वाणिज्य बैंकहरूले जेठ महिनाका लागि जारी गरे नयाँ व्याजदर, १४ वटाको यथावत, तीनले बढाउदा तीनले घटाए

NMB Bank
  • BFIS News
  • 2025 May 14 11:44
वाणिज्य बैंकहरूले जेठ महिनाका लागि जारी गरे नयाँ व्याजदर,  १४ वटाको यथावत, तीनले बढाउदा तीनले घटाए
United Ajod

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि स्थायी निक्षेप (एफडी) मा लागु हुने ब्याजदर परिमार्जन गरेका छन्। अधिकांश बैंकले अघिल्लो महिनाको अर्थात् बैशाखको ब्याजदर यथावत राखे पनि केही बैंकहरूले संशोधन गरेका छन्।

Shikhar
Nepal Life
NIMB

२० वटा वाणिज्य बैंकमध्ये १४ वटा बैंकले बैशाखको ब्याजदरलाई यथावत राखेका छन् भने बाँकी ६ बैंकले ब्याजदरमा परिमार्जन गरेका छन्। तीमध्ये तीन बैंकले ब्याजदर घटाएका छन् भने अन्य तीन बैंकले बढाएका छन्।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले सर्वाधिक कटौती गरेको छ। उक्त बैंकले व्यक्तिगत स्थायी निक्षेपमा लागु हुने ब्याजदर १ प्रतिशत बिन्दुले घटाएर बैशाखको ६.५० प्रतिशतबाट जेठमा ५.५० प्रतिशत पुर्‍याएको छ।

सिद्धार्थ बैंक लिमिटेड (एसबीएल) ले ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएको छ भने कुमारी बैंक लिमिटेड (केबीएल) ले ०.०१ प्रतिशत बिन्दुले झिनो कटौती गरेको छ। ब्याजदर बढाउने बैंकहरूमध्ये सनिमा बैंक लिमिटेड (सानिमा) अग्रस्थानमा रहेको छ। सानिमाले ०.३८ प्रतिशत बिन्दुले ब्याजदर वृद्धि गरेको छ।

त्यस्तै, नेपाल बैंक लिमिटेड (एनबीएल) ले ०.३० प्रतिशत बिन्दुले वृद्धि गरेको छ भने एभरेस्ट बैंक लिमिटेड (ईबीएल) ले ०.०३ प्रतिशत बिन्दुले झिनो वृद्धिसँगै ब्याजदर समायोजन गरेको छ।

त्यसैगरी, राष्ट्र बैंकिय बैंक लिमिटेड (आरबीबीएल) ले संस्थागत स्थायी निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दुले बढाएको छ। आरबीबीले बैशाखमा ३.०० प्रतिशत रहेको दरलाई जेठमा ४.०० प्रतिशत पुर्‍याएको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया