Nepal Life

एनआईसी एसिया लघुवित्त सर्दि शाखाले दियो महिलालाई उद्यमी बनाउन ब्यावसायिक बाख्रापालन तालिम

NMB Bank
  • BFIS News
  • 2025 May 16 05:39
एनआईसी एसिया लघुवित्त सर्दि  शाखाले दियो महिलालाई उद्यमी बनाउन  ब्यावसायिक बाख्रापालन तालिम
United Ajod

काठमाडौं। एनआईसी  एसिया लघुवित्त वित्तीय संस्था  सर्दि शाखाले समूहका महिलाका लागि  ब्यावसायिक बाख्रापालन सम्बन्धी तालिम दिएको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने ३५ वटा समूहका सदस्यहरुलाई उद्यमी बनाउने दुई दिने तालिम दिएको हो । 

Shikhar
Nepal Life
NIMB

एनआईसी एसिया लघुवित्त वित्तिय संस्था लि.को  गण्डकि प्रदेश को उप प्रदेश अन्तर्गत  नवलपरासि ब . सु . पु  जिल्ला बिनय त्रीबेणि गा पा ४ मा रहेको सर्दि शाखाको आयोजनामा २ दिने ब्यावसायिक बाख्रापालन  कार्यक्रम सम्पन भएको छ । बिनय त्रीबेणी गापा वाड नम्बर ४ होटल सम्बोधन  को सभा हलमा सूरु भएको कार्यक्रमको बिनय त्रीबेणी गा पा का पशु बिकास अधिकृत बसन्त गौतमले उद्घाटन गरेका थिए। साथै एनआईसी एसिया लघुवित्त वित्तिय संस्था लि का  अनुगमन  अधिकृत  भुवन राज भट्टले मन्तव्य राखेका थिए।

संस्थाका शाखा प्रबन्धक सम्झना कुमालका  अनुसार बिनय त्रीबेणी गा पा  वडा नं. ४ होटल सम्बोदनको भवनमा भएको कार्यक्रममा ३५ जनाबढी महिला को सहभागिता रहेको थियो । संस्थाबाट ऋण लिएका महिललाई उद्यमी बनएर आयआर्जन गर्नका लागि तालिम प्रदान गरिएको प्रबन्धक कुमालले बताए।

यसै संस्थाका अनुगमन अधिकृत भट्टले  संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्थासुधार गर्न सहभागिहरुलाई अनुरोध गर्दै भट्टले वित्तीय साक्षेरता सम्बन्धी जानकारी दिएका थिए ।

संस्थाले यसअघि पनि समूहका सदस्यहरुका लागि वित्तीय साक्षेरता र सीपमूलक तालिम दिँदै आएको जनाएको छ । पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिममार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको शाखा प्रबन्धक कुमालले बताए ।

यसैबीच तालिमका सहभागिहरुले सीप सिकेपछि लिएको कर्जामार्फत आज आर्जन गर्न सहयोग पुग्ने बताएका छन् । संस्थाका शाखा प्रमुख  सम्झना कुमालले स्वागत मन्तव्यबाट शूरु भएको थियो कार्यक्रमको संचालन यसै संस्थाका कर्मचारी  सन्तोस पन्तले गरेका थिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया