Nepal Life

चार्टर्ड एकाउन्टेन्ट्सलाई लक्षित एनएमबि बैंकको विशेष योजना सुरु

NMB Bank
  • BFIS News
  • 2025 May 20 20:19
चार्टर्ड एकाउन्टेन्ट्सलाई लक्षित एनएमबि बैंकको विशेष योजना सुरु
United Ajod

काठमाडौं, ६ जेठ २०८२ – एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (ACAN) सँग सहकार्य गर्दै ACAN सदस्यहरूका लागि लक्षित विशेष वित्तीय सेवाहरूको घोषणा गरेको छ। यस सम्झौतामार्फत बैंकले पेशागत समुदायप्रति आफ्नो मूल्य–आधारित र समावेशी बैंकिङ सेवाको प्रतिबद्धता दोहोर्‍याएको छ।

Shikhar
Nepal Life
NIMB

सम्झौता अनुसार, ACAN मा आबद्ध सदस्यहरूले अब एनएमबि बैंकबाट ऋण लिंदा प्रशासनिक शुल्कमा छुट, सरल कागजात प्रक्रिया, एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड, ग्रीन सेभिङ्स खाता लगायतका विशेष डिजिटल र कार्ड सेवाहरू प्राप्त गर्न सक्नेछन्। साथै, व्यक्तिगत सम्बन्ध व्यवस्थापन तथा विशेष सुविधाहरू समेत प्राथमिक बैंकिङ सेवा अन्तर्गत उपलब्ध हुनेछन्।

एनएमबि बैंकले वित्तीय साक्षरताको प्रवर्द्धन तथा आर्थिक विकासमा पेशागत समुदायको भूमिकालाई मान्यता दिँदै यस्ता योजना प्रस्तुत गरेको जनाएको छ। बैंकको भनाइमा, यो सहकार्यले पेशागत वर्गलाई पहुँचयोग्य तथा दीगो वित्तीय समाधान उपलब्ध गराउने लक्ष्य बोकेको छ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ। बैंकको यस कदमले देशभरका चार्टर्ड एकाउन्टेन्टहरूलाई अझ प्रभावकारी ढंगले वित्तीय सेवामा समावेश गर्ने विश्वास गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया