Nepal Life

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा कार्यान्वयनमा, राष्ट्र बैंकले दियो नयाँ निर्देशन

NMB Bank
  • BFIS News
  • 2025 May 28 18:27
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा कार्यान्वयनमा, राष्ट्र बैंकले दियो नयाँ निर्देशन
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत परिवर्तन गरेका नीतिहरू कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई दिइएको एकीकृत निर्देशन संशोधन गरेको छ।

Shikhar
Nepal Life
NIMB

संशोधित निर्देशनअनुसार अब ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गरिएको छ। यसअघि उक्त कर्जाको जोखिमभार अधिकतम १२५ प्रतिशत थियो। लगानीकर्ताले लामो समयदेखि उक्त कर्जामा जोखिमभार कम गर्न माग गर्दै आएका थिए।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात (सीआरआर) को दैनिक न्यूनतम ९० प्रतिशत रकम राष्ट्र बैंकमा राख्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि यो सीमा ७० प्रतिशत मात्र थियो। नयाँ व्यवस्था जेठ १८ गतेदेखि लागू हुनेछ।

राष्ट्र बैंकले जनाएको अनुसार बैंक तथा वित्तीय संस्थाले कूल निक्षेप दायित्वको ४ प्रतिशत बराबरको अनिवार्य नगद मौज्दातको दैनिक न्यूनतम ९० प्रतिशत रकम राष्ट्र बैंकमा राख्नुपर्नेछ। अर्थात्, दुई हप्ताको औसत निक्षेपको ४ प्रतिशतका आधारमा हुन आउने नगद मौज्दात रकमको कम्तीमा ९० प्रतिशत भाग दैनिक रूपमा राष्ट्र बैंकमा राख्नुपर्नेछ।

केन्द्रीय बैंकले बुधबार सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो। यो व्यवस्थाले शून्य व्याजदरमा राष्ट्र बैंकमा राख्नुपर्ने रकम बढाउने भएकाले बैंकहरूको लागतमा केही वृद्धि हुने र त्यसको असर आधार दर (बेस रेट) मा पर्ने बताइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया