Nepal Life

निफ्राको ऋणपत्रमा आवेदन दिने अवधि जेठ २५ सम्म लम्बियो

NMB Bank
  • BFIS News
  • 2025 Jun 05 10:24
निफ्राको ऋणपत्रमा आवेदन दिने अवधि जेठ २५ सम्म लम्बियो
United Ajod

काठमाडौं।  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (NIFRA) ले जारी गरेको ऋणपत्रमा आवेदन दिने समयावधि लम्बिएको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले जेठ १८ गतेदेखि बिक्री खुला गरेको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ मा अब जेठ २५ गतेसम्म आवेदन दिन सकिने भएको छ।

सात वर्ष अवधिको यस ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याज प्राप्त हुनेछ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा कुल ५० लाख कित्ता अर्थात ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो।

जसमध्ये ६० प्रतिशत (३० लाख कित्ता) ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत (२० लाख कित्ता) सर्वसाधारणका लागि खुला गरिएको छ। सर्वसाधारणका लागि छुट्याइएको भागमध्ये १ लाख कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ, बाँकी १९ लाख कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

यस ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूका शाखा तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि-आस्बा सेवाको प्रयोग गरी आवेदन दिन सक्नेछन्।

ऋणपत्रको क्रेडिट रेटिङ इक्रा नेपालले ‘ICRANP-IR BBB’ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम सुरक्षा संकेत गर्दछ।

ब्याज भुक्तानी प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि कर कट्टी गरी गरिने व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया