Nepal Life

वित्तीय सूचकहरू सकारात्मक, कर्जा र निक्षेपमा समेत वृद्धि: मुद्रास्फीति २.७७ प्रतिशत, शोधनान्तरमा ठूलो बचत

NMB Bank
  • BFIS News
  • 2025 Jun 10 12:48
वित्तीय सूचकहरू सकारात्मक, कर्जा र निक्षेपमा समेत वृद्धि: मुद्रास्फीति २.७७ प्रतिशत, शोधनान्तरमा ठूलो बचत
United Ajod

काठमाडौं, १० जेठ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक विवरण अनुसार देशको वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७७ प्रतिशतमा सीमित रहेको छ।

Shikhar
Nepal Life
NIMB

बाह्य क्षेत्रको सूचक सकारात्मक देखिएको छ। शोधनान्तर स्थिति रु. ४३८ अर्ब ५२ करोडले बचतमा रहेको छ। कुल विदेशी विनिमय सञ्चिति पनि उल्लेख्यरूपमा वृद्धि भई अमेरिकी डलर १८ अर्ब ४० करोड पुगेको छ।

पछिल्लो वर्षको तुलनामा आयात १३.१ प्रतिशतले र निर्यात ७२.७ प्रतिशतले वृद्धि भएको देखिएको छ। यससँगै, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १३.२ प्रतिशत र अमेरिकी डलरमा १०.५ प्रतिशतले बढेको छ, जसले देशको वैदेशिक आयमा थप योगदान पुर्याएको छ।

सरकारी खर्च र राजस्वतर्फ पनि महत्वपूर्ण गतिविधि देखिएको छ। नेपाल सरकारको कुल खर्च रु. ११५७ अर्ब ८९ करोड पुगेको छ भने राजस्व परिचालन रु. ९२२ अर्ब ४३ करोड रहेको छ।

मुद्राप्रदायतर्फ हेर्दा, विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले वृद्धि भएको छ भने वार्षिक बिन्दुगत आधारमा यो वृद्धि दर ११.४ प्रतिशत रहेको छ।

बैंक तथा वित्तीय संस्थाहरूको गतिविधिमा पनि विस्तार देखिएको छ। निक्षेप संकलन ६.२ प्रतिशतले र निजी क्षेत्रलाई प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा भने, निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र कर्जाको वृद्धिदर ८.४ प्रतिशत रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया