Nepal Life

बैंकिङ क्षेत्रको सुधारका लागि उपसमिति गठन, सिबिफिनद्वारा गभर्नरको सुधारमुखी पहलको स्वागत

NMB Bank
  • BFIS News
  • 2025 Jun 13 19:17
बैंकिङ क्षेत्रको सुधारका लागि उपसमिति गठन,  सिबिफिनद्वारा गभर्नरको सुधारमुखी पहलको स्वागत
United Ajod

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरज्यूको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या तथा चुनौतीहरूको पहिचान गरी ठोस समाधानसहित सुझाव पेश गर्न गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले हार्दिक स्वागत गरेको छ।

 

Shikhar
Nepal Life
NIMB

सिबिफिनका अनुसार नेपालको बैंकिङ इतिहासमा पहिलो पटक सुधार केन्द्रित रही राष्ट्रियस्तरमा उपसमिति गठन गर्नु ऐतिहासिक कदम हो। समितिले सरोकारवालासँग सघन छलफल तथा संवादमार्फत बैंकिङ क्षेत्रमा उत्पन्न समस्या र चुनौतीहरूको वास्तविक अवस्थाको अध्ययन गरी समुचित समाधान दिनेतर्फ अग्रसर हुने अपेक्षा गरिएको छ।

नेपाल राष्ट्र बैंकद्वारा हाल भइरहेका स्थलगत भ्रमण तथा अध्ययन, व्यवस्थापन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउने प्रयास, विगतका नीतिहरूको समीक्षा तथा वर्तमान आवश्यकताको मर्म अनुसार मौद्रिक नीति ल्याउने गभर्नरज्यूको दुरदर्शी दृष्टिकोणलाई सिबिफिनले देशको आर्थिक तथा बैंकिङ क्षेत्र सुधार र दिगो विकासतर्फको नयाँ युगको सुरुवातको संकेतका रूपमा लिएको छ।

उक्त सुझाव उपसमितिमा केन्द्रीय बैंक बाहिरका प्रतिष्ठित विषयविज्ञ, निजी क्षेत्रका अनुभवी विज्ञहरू समेत समावेश रहेका छन्। समितिले पछिल्लो समय बैंकिङ क्षेत्रमा विकसित घटनाक्रम, वस्तुनिष्ठ अवस्था, समस्या र चुनौतीहरूको पहिचान गरी नियामकीय सुधार, प्रणालीगत परिवर्तन र नीति निर्माणमा मार्गदर्शन गर्न मद्दत पुग्ने विश्वास सिबिफिनले लिएको छ।

सिबिफिनले उपसमितिद्वारा गरिने हरेक अध्ययन, अनुसन्धान तथा छलफलमा सहभागी भई तर्कसंगत सुझावसहित आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्ने तथा राष्ट्र बैंकले लिएका र लिने दुरगामी योजना तथा नीतिको कार्यान्वयनमा अभिन्न सहयात्रीको भूमिकामा सदैव तत्पर रहने प्रतिबद्धता जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया