Nepal Life

बैंकिङ क्षेत्र सुधारका उपायहरू खोज्न कार्यदल गठन

NMB Bank
  • BFIS News
  • 2025 Jun 14 09:53
बैंकिङ क्षेत्र सुधारका उपायहरू खोज्न कार्यदल गठन
United Ajod

काठमाडौं। नेपालको बैंकिङ क्षेत्रको समग्र सुधार र पुनर्संरचनाका लागि नेपाल राष्ट्र बैंकले एक कार्यदल गठन गरेको छ।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकका अनुसार कार्यदलको नेतृत्व डा. रेबतबहादुर कार्कीले गर्नेछन् भने पूर्वबैंकर भुवनकुमार दाहाल सदस्य रहनेछन्। साथै, नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य-सचिवको भूमिकामा रहने छन्।

एक महिनाको कार्यकाल दिइएको उक्त कार्यदललाई उदार तर विवेकपूर्ण बैंकिङ नीति तथा नियमन, जोखिममा आधारित प्रभावकारी निरीक्षण प्रणाली तथा ग्राहकमैत्री सेवा प्रवर्धनका सन्दर्भमा सिफारिस पेश गर्न जिम्मेवारी दिइएको छ।

त्यस्तै, ग्रामीण क्षेत्रमा कर्जाको प्रवाह प्रभावकारी बनाउने उपाय, आर्थिक क्रियाकलापहरूलाई व्यवहारिक बनाउन बैंकिङ क्षेत्रको भूमिका, बैंक तथा वित्तीय संस्थाबीचको गाभ्ने र गाभिने प्रक्रिया (mergers and acquisitions) लगायतका विषयमा सिफारिस दिन कार्यदललाई भनिएको छ।

साथै, नेपाललाई धुसे सूची (grey list) बाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका तथा पूँजी बजार विकासमा राष्ट्र बैंकले लिनुपर्ने समन्वयकारी भूमिकाबारे पनि सुझाव दिन कार्यदललाई निर्देशन दिइएको राष्ट्र बैंकका गभर्नर कार्यालयले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया