Nepal Life

विश्व बैंकका देश निर्देशक सिस्लेनद्वारा प्रधानमन्त्री ओलीलाई शिष्टाचार भेट

NMB Bank
  • BFIS News
  • 2025 Jun 14 09:58
विश्व बैंकका देश निर्देशक सिस्लेनद्वारा प्रधानमन्त्री ओलीलाई शिष्टाचार भेट
United Ajod

काठमाडौं। नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका देश निर्देशक डेभिड सिस्लेनले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरेका छन्।

Shikhar
Nepal Life
NIMB

भेटका अवसरमा नेपालमा लगानी प्रवर्द्धन र रोजगारी सिर्जनाका माध्यमबाट विकास लक्ष्य हासिल गर्न आपसी सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री ओलीले सन् २०२५ देखि २०३१ सम्म लागू हुने विश्व बैंकको नेपालको लागि छवर्षे कन्ट्री पार्टनरसिप फ्रेमवर्क (CPF) स्वीकृत गरेकामा आभार व्यक्त गर्दै, दीगो विकास लक्ष्य (SDGs) हासिल गर्ने र नेपाललाई अल्पविकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा रूपान्तरण गर्न निरन्तर वित्तीय तथा प्राविधिक सहयोगको अपेक्षा व्यक्त गरे।

प्रधानमन्त्री ओलीले कृषि आधुनिकीकरण, उत्पादन वृद्धि, उद्यमशीलता प्रवर्द्धन र व्यवसाय तथा सेवा क्षेत्रमा युवाको सहभागिता जस्ता सरकारका प्राथमिकताबारे सिस्लेनलाई जानकारी गराएका थिए।

उनले जलवायु परिवर्तनविरुद्ध नेपालले पुर्‍याएको योगदानका लागि अन्तर्राष्ट्रिय समुदायबाट न्यायपूर्ण क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिए।

आफ्नो पहिलो कार्यकालको स्मरण गर्दै ओलीले भूकम्प र बाढीजस्ता प्राकृतिक प्रकोपका कारण विकास अभियान प्रभावित भएको उल्लेख गर्दै अहिलेको प्राथमिकता उत्पादन वृद्धिदेखि बजार पहुँच र रोजगारी सिर्जनामा केन्द्रित रहेको जानकारी गराए। यस सन्दर्भमा विश्व बैंकजस्ता संस्थाको सहयोग अत्यन्त महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

जवाफमा देश निर्देशक सिस्लेनले CPF अन्तर्गत रोजगारी सिर्जना, जलवायु अनुकूलन, प्रकोप जोखिम न्यूनीकरण, कृषि, सामाजिक विकास र सांस्कृतिक क्षेत्रमा लगानी विस्तार गर्ने योजना रहेको बताए।

साथै, प्रधानमन्त्री ओलीको "हिमालदेखि समुद्रसम्म" को राष्ट्रिय सुरक्षाको अवधारणा प्रति पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

भेटमा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, प्रमुख निजी सचिव राजेश बज्राचार्य तथा अर्थ मन्त्रालयका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया