Nepal Life

दुई गभर्नर एउटै मञ्चमा, बैंकर्स संघद्धारा गभर्नरहरूको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Jun 16 06:46
दुई गभर्नर एउटै मञ्चमा, बैंकर्स संघद्धारा गभर्नरहरूको स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न
United Ajod

काठमाडौं। नेपाल बैङ्कर्स संघ (Nepal Bankers’ Association - NBA) ले एक विशेष कार्यक्रमको आयोजना गर्दै नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई बिदाई तथा नवनियुक्त गभर्नर डा. विश्व पौडेललाई स्वागत गरेको छ।

Shikhar
Nepal Life
NIMB

कार्यक्रममा बोल्दै निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालमा बैंकिङ क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे। उनले कोभिड–१९ महामारीको कठिन समयमा बैंकिङ क्षेत्रले देखाएको नेतृत्व र योगदानलाई सराहना गर्दै सो समयको आर्थिक स्थायित्व सामूहिक प्रयासको परिणाम भएको उल्लेख गरे। अधिकारीले आफ्नो कार्यकालका केही निर्णय कठिन भए पनि दीर्घकालीन सुधारका लागि आवश्यक रहेको बताए। उनले विगतका त्रुटिबाट पाठ सिक्नुपर्ने र पुनः त्यस्ता गल्तीहरू नदोहोरिनु पर्नेमा जोड दिए। साथै, आफूले सँगालेको अनुभव, ज्ञान र सल्लाहमार्फत् आगामी दिनमा पनि बैंकिङ क्षेत्रलाई सहयोग गर्न तत्पर रहने बताए।

नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आफ्नो मन्तव्यमा नेपालको बैंकिङ क्षेत्रको सुदृढीकरण तथा समग्र आर्थिक स्थायित्व सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए। उनले हाल नेपाल राष्ट्र बैंकमा लागू नीतिहरूलाई आवश्यक परिमार्जनसहित निरन्तरता दिने बताए। बैंकिङ क्षेत्रसँग समन्वय र परामर्शमा नीति निर्माण गर्नुपर्नेमा जोड दिँदै उनले नेपाली बैंकिङ प्रणालीलाई थप समावेशी, सक्षम र दीर्घकालीन विकासतर्फ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे। यस कार्यमा सबै सरोकारवालाको सहयोग र सहकार्य आवश्यक रहेको उनले बताए।

कार्यक्रममा बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले बहिर्गमित गभर्नरप्रति कृतज्ञता प्रकट गर्दै नवगठित गभर्नरलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। कार्यक्रममा विभिन्न वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू तथा उप–प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया