Nepal Life

एक्सेल डेभलपमेण्ट बैंक र एनसीएचएलबीच सम्झौता : नेपालपे कार्ड र Alipay+ मार्फत अन्तरदेशीय क्युआर भुक्तानीको सुविधा सुरु हुँदै

NMB Bank
  • BFIS News
  • 2025 Jun 19 12:33
एक्सेल डेभलपमेण्ट बैंक र एनसीएचएलबीच सम्झौता : नेपालपे कार्ड र Alipay+ मार्फत अन्तरदेशीय क्युआर भुक्तानीको सुविधा सुरु हुँदै
United Ajod

काठमाडौं।  एक्सेल डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच राष्ट्रिय भुक्तानी स्विच–नेशनल कार्ड स्विच (एनपीएस–एनसीएस) अन्तर्गतको नेपालपे (NEPALPAY) कार्ड सञ्चालन र Alipay+ नेटवर्कमार्फत अन्तरदेशीय क्युआर भुक्तानी सेवा सुरु गर्ने सम्झौता सम्पन्न भएको छ।

Shikhar
Nepal Life
NIMB

बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

यस साझेदारीपछि एक्सेल डेभलपमेण्ट बैंक NEPALPAY कार्ड जारी गर्न, ग्रहण गर्न र प्रयोगकर्ताहरूलाई कम लागतमा उच्च सुरक्षा सहितको घरेलु कार्ड सेवा प्रदान गर्न सक्षम हुनेछ। यसले अन्तर्राष्ट्रिय कार्ड प्रणालीमा निर्भरता घटाउने विश्वास गरिएको छ।

यससँगै NEPALPAY QR अब Alipay+ सँग अन्तरक्रियाशील बन्नेछ, जसले चीन, दक्षिण कोरिया, मलेसिया, युरोप लगायतका मुलुकका पर्यटकहरूलाई आफ्नै डिजिटल वालेट प्रयोग गरी नेपालभर सजिलै भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराउनेछ।

Alipay+ ले विश्वभरका ३० भन्दा बढी डिजिटल वालेट र ३०० भन्दा बढी भुक्तानी नेटवर्कलाई जोडेको छ, जसले सीमा पार भुक्तानीलाई सहज बनाउँछ।

एनसीएचएलले हालै आफ्नो प्रणाली NEPALPAY कार्ड र QR सेवाका लागि तयार भएको घोषणा गर्दै विभिन्न बैंक तथा वित्तीय संस्थालाई प्रणालीमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ।

देशभर ४७ शाखा र ३ वटा एटिएममार्फत सेवा दिँदै आएको एक्सेल डेभलपमेण्ट बैंकले यस पहलमार्फत आफ्ना डिजिटल सेवाहरूलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

थप जानकारीका लागि www.nchl.com.np वा www.edb.com.np मा भ्रमण गर्न सकिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया