Nepal Life

चाहिने भन्दा धेरै घण्टा काम गर्ने र गराउने प्रवृत्तीले बैंकर्सको पर्सनल लाइफ असन्तुलित बन्दै

NMB Bank
  • BFIS News
  • 2025 Jun 21 15:11
चाहिने भन्दा धेरै घण्टा काम गर्ने र गराउने प्रवृत्तीले बैंकर्सको पर्सनल लाइफ असन्तुलित बन्दै
United Ajod

काठमाडौं। चाहिने भन्दा धेरै घण्टा काम गर्ने र गराउने प्रवृत्तीले बैकर्सको व्यक्तिगत जीवन असन्तुलत बन्दै गइरहेको छ। साग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले एक कार्यक्रममा अभिव्यक्ति दिने क्रममा बैंकमा काम गर्नेहरुको जीवन असन्तुलित हुँदै गरेको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

श्रेष्ठले नेपालको बैंकिङ क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिकाको गम्भीर विश्लेषण गर्दै, प्रतिस्पर्धा, कर्मचारी व्यवहार, कार्य परिवेश र दीगो व्यवस्थापनका विषयमा महत्वपूर्ण धारणा राखेका छन्।

उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबीचको प्रतिस्पर्धा स्वाभाविक छ र त्यसले ग्राहक हितमा सुधार ल्याउने अपेक्षा पनि गरिन्छ। तर, प्रतिस्पर्धाकै नाममा केही अभ्यासहरू व्यवसायिक मर्यादाबाट बाहिर गइरहेका छन् भन्ने उनको गुनासो छ। श्रेष्ठ भन्छन्, “हामीले प्रतिस्पर्धालाई आत्मसात् गर्दा केही सीमाहरू पनि तोक्नुपर्छ। हाल कर्मचारीलाई आवश्यकभन्दा बढी काम गराउने प्रवृत्ति मौलाइरहेको छ, जसले दीर्घकालीन रूपमा संस्था र व्यक्तिका लागि नकारात्मक असर पुर्‍याउने सम्भावना बढाउँछ।”

श्रेष्ठले बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीको व्यक्तिगत जीवन र कार्यजीवनबीचको सन्तुलन विग्रँदै गएकोतर्फ औँल्याए। उनले भने, “यदि हामीले काम गर्ने घण्टा, कार्य चाप र पारिवारिक जीवनबीचको सन्तुलनलाई बेवास्ता गर्यौं भने त्यो दीर्घकालमा न त कर्मचारीको लागि सकारात्मक हुन्छ, न त संस्थाको लागि नै। असन्तुलनले मानसिक तनाव, कार्यक्षमतामा कमी र अन्ततः कर्मचारी पलायनको दर बढाउँछ।”

टर्नओभरको चुनौती

बैंक तथा वित्तीय संस्थामा कर्मचारी टर्नओभर (आवागमन दर) उच्च हुनु अर्को गम्भीर विषय भएको छ। नेपालमा सीमित रोजगारीका अवसरका कारण धेरै युवाहरू बैंकिङ क्षेत्रमा आकर्षित भए तापनि, दीर्घकालीन करियर निर्माणको हिसाबले सन्तोषजनक अवस्था छैन। वैकल्पिक पेशागत अवसर सीमित हुँदा हजारौँ युवाहरू बैंकिङ क्षेत्रमा बाध्यतावश काम गरिरहेका छन्। तर त्यहाँ दीर्घकालीन प्रतिबद्धता निर्माण गर्न हम्मेहम्मे परेको छ।

बैंकहरूले वित्तीय जोखिम अत्यधिक लिईरहेका छन् र त्यही कारण उच्च दायित्व बोकेर अगाडि बढिरहेका छन्। तर, त्यो जोखिम व्यवस्थापन गर्दै गर्दा संस्थाले कर्मचारी कल्याणलाई पनि प्राथमिकतामा राख्नुपर्ने बैंकिङ विज्ञहरु बताउछन्। संस्थागत समृद्धि तव सम्भव हुन्छ जब कर्मचारी सन्तुष्ट, प्रेरित र दीर्घकालीन प्रतिबद्धतासहित काम गर्छन्।

प्रतिस्पर्धामा स्वस्थ अभ्यास, कार्यस्थलमा कर्मचारीको जीवनगुणस्तरलाई मध्यनजर गर्दै दीर्घकालीन सुधारका रणनीतिहरू अवलम्बन गर्नु पर्ने देखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया