Nepal Life

नबिल बैंकको जनकपुर पिडारीचोक शाखाबाट पनि सुन कर्जा लिन सकिने

NMB Bank
  • BFIS News
  • 2025 Jun 22 15:39
नबिल बैंकको जनकपुर पिडारीचोक शाखाबाट पनि सुन कर्जा लिन सकिने
United Ajod

काठमाडौं । नबिल बैंकले जनकपुरस्थित पिडारीचोक शाखाबाट पनि ‘Nabil Instant Gold Loan’ सेवा सुरु गरेको छ। अब ग्राहकले यस शाखामार्फत पनि आफ्ना सुनसम्बन्धी सम्पत्तिको मूल्य प्रयोग गरी तत्काल कर्जा प्राप्त गर्न सक्नेछन्।

Shikhar
Nepal Life
NIMB

Nabil Instant Gold Loan सेवा अन्तर्गत ग्राहकले न्यूनतम कागजातमार्फत छिटो, भरपर्दो र सस्तो दरमा कर्जा लिन सक्नेछन्। कर्जा स्वीकृत भएको एक घण्टाभित्रै रकम प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

यो सेवा अहिले उपत्यकाभित्रका कुमारिपाटी, कालिमाटी, सूर्यविनायक, मंगलबजार, नयाँ सडक र कोटेश्वर शाखाबाट उपलब्ध छ भने उपत्यकाबाहिर चिप्लेढुंगा, फिदिम, बुटवल–योगीकुटी, नेपालगञ्ज–भानुभक्त चोक, धरान–बर्गाछी, हेटौंडा, बिरगञ्ज, नारायणगढ–मिलनरोड र बिराटनगर शाखाबाट उपलब्ध छ।

सुन कर्जाको विशेषताहरुमा निशुल्क बीमा सुविधा, एक घण्टाभित्र कर्जा उपलब्ध, प्रतिस्पर्धात्मक ब्याजदर, सुनको FMV को ७० प्रतिशतसम्म कर्जा पाइनेछ। 

आवश्यक कागजातहरूमा ऋणी र नामांकन व्यक्तिको नागरिकताको प्रतिलिपि, ऋणी र नामांकन व्यक्तिको फोटो, रु १० लाखभन्दा बढी कर्जाको लागि अनिवार्य रुपमा बिल/इनभ्वाइस, धितोको रूपमा राखिने सुन चाहिनेछ। 

नबिल बैंकको यस सुविधाले तत्काल आर्थिक आवश्यकता समाधान गर्न चाहने ग्राहकलाई सहज र भरपर्दो विकल्प उपलब्ध गराएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया