Nepal Life

सस्टेनेबल फाइनान्सलाई संस्थागत बनाउन नेपाल बैंकर्स संघको रणनीतिक पहल

NMB Bank
  • BFIS News
  • 2025 Jun 23 19:58
सस्टेनेबल फाइनान्सलाई संस्थागत बनाउन नेपाल बैंकर्स संघको रणनीतिक पहल
United Ajod

काठमाडौं, जेठ ९ गते। नेपाल बैंकर्स संघ (NBA) र इन्भेस्ट फर इम्प्याक्ट नेपाल (IIN) को सहकार्यमा दिगो वित्त (Sustainable Finance) सम्बन्धी ‘कम्युनिटी अफ प्राक्टिस’ (Community of Practice - CoP) को पहिलो प्रत्यक्ष बैठक सफलतापूर्वक सम्पन्न गरिएको छ।

Shikhar
Nepal Life
NIMB

सन् २०२५ को मार्चमा स्थापना गरिएको यो CoP प्लेटफर्मले बैंकिङ क्षेत्रलाई दिगो अभ्यासतर्फ उन्मुख गराउने उद्देश्यले संवाद, अनुभव आदान–प्रदान, कार्यान्वयनका चुनौतीहरू पहिचान र समाधान निर्माण गर्न सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

संघले सदस्य बैंकहरूलाई टिकाउ वित्तीय यात्रामा सहयोग गर्न र क्षमतावृद्धि गर्न विभिन्न लक्षित कार्यक्रमहरू अघि सारेको छ। CoP को स्थापनाले सदस्य बैंकहरूलाई ग्लोबल स्तरका मापदण्डहरूसँग सुसंगत बनाउने, ज्ञान बाँडफाँट गर्ने र सहकार्य प्रवर्द्धन गर्ने अवसर प्रदान गरेको छ।

प्रत्यक्ष सत्रमा वातावरण व्यवस्थापन केन्द्र प्रा.लि. (EMC) का डा. प्रसाद मोडक र श्रीमती क्रुपा देसाईले प्राविधिक सत्र सञ्चालन गरेका थिए। पहिलो सत्रमा टिकाउ वित्तीय उपकरण तथा उत्पादनहरूबारे गहिरो छलफल गरिँदै विश्वव्यापी उदाहरणहरू प्रस्तुत गरिएको थियो। त्यस्तै, दोस्रो सत्रमा ESRM प्रणालीको भूमिका र यसअन्तर्गत तयार हुँदै गरेको साझा ESRMS म्यानुअलको प्रारम्भिक खाका प्रस्तुत गरिएको थियो।

कार्यक्रममा CoP सदस्यले ESRMS कार्यान्वयनमा अनुभव सञ्जाल साझा गरेका थिए भने सहकर्मी बैंकहरूबीच अनुभव आदानप्रदान पनि गरिएको थियो। यस अवसरमा बैंकहरूले टिकाउ वित्त तथा ESRM अभ्यास कार्यान्वयनको वर्तमान अवस्था, नवप्रवर्तन तथा सामना गरिरहेका चुनौतीहरूबारे खुलेर प्रस्तुत गरेका थिए।

कार्यक्रममा सबै वाणिज्य बैंकका टिकाउ वित्त विभागका वरिष्ठ अधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया