नबिल एसएसईले पल्पसा श्रेष्ठको उद्यमशिलताको यात्रामा ल्याएको परिवर्तन, 'अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सोच'
- प्रभात कुईकेल
- 2025 Nov 09 14:47
काठमाडौं । नबिल एसएसई (Nabil SSE) को फेलोसिप कार्यक्रम पल्पसा श्रेष्ठका लागि एउटा सपना सरह थियो। उनी पहिलो कोहर्टदेखिनै यस फेलोसिपको यात्रा पछ्याइरहेकी थिइन्। उनका केही साथिहरू दोस्रो र तेस्रो कोहर्टमा सहभागी भइसकेका थिए, जसले उनलाई पनि फेलोसिपमा सहभागी हुन सुझाव दिइरहेका थिए।
तर, उमेरको सीमाका कारण उनी त्यतिवेला प्रारम्भिक चरणमा सहभागी हुन पाइनन्। जव नबिल एसएसईले उद्यमशिलतामा उमेर सिमा नहुने भन्दै हटाउने निर्णय गर्यो त्यस पछि उनि पहिलो लाभांन्वित बन्न सफल भइन्।
२० वर्षभन्दा लामो समयदेखि विभिन्न एनजिओहरूमा सक्रिय पल्पसा सामाजिक सेवा र सिप विकासमा विशेष रुपमा योगदान दिँदै आएकी थिइन्। उनी मुख्यतः ह्याण्डिक्राफ्ट तालिम र सोसल मिडिया ह्याण्डलिङमा संलग्न थिइन्। उनी भन्छिन्, “एनजिओमा काम गर्दा ह्याण्डिक्राफ्टमा रुचि त थियो, तर आफ्नै काम सुरु गर्ने अवस्था थिएन। तर समयसँगै लाग्यो जागिर मात्रै मेरो लागि होइन, उद्यमशीलतामा पनि केही गर्नुपर्छ।”
कोभिड–१९ को समयमा जब उनी घरमै बस्न बाध्य भइन्, त्यतिबेला उनले आफ्नो वरिपरिका महिलाहरूमा प्रशस्त सिप रहेको देखिन्। धेरैको रोजगारी गुमेको समयमा उनले तत्कालिन परिस्थितिको अध्ययन गर्दै उद्यमशीलताको बाटो रोजिन्। “आफ्नो रुचिको विषय उद्यमशीलतालाई अगाडि बढाउने समय यही हो भन्ने लाग्यो,” उनी सम्झिन्छिन्।

त्यही अवधिमा उनले ढाका कपडाबाट गिफ्ट आइटम तथा फेस माक्स बनाउन थालिन्। पहिले ढाकाबाट केवल टोपी बनाइन्थ्यो, तर अहिले कोटदेखि लिएर विभिन्न उत्पादन बन्न थालेका छन्। पल्पसाले सोही ढाकाबाट गिफ्ट आइटम बनाउने विचारलाई व्यवसायमा रूपान्तरण गरिन्। आफ्नो व्यवसायलाई ब्राण्डिङ गर्न नाम दिइन् 'द पासा'।
उनको सोचअनुरुप काम त अगाडी बढ्यो तर उनको अनुभव र पारिवारिक पृष्ठभूमी व्यवसाय तर्फ थिएन। यसले गर्दा उनले उनले महसुस गरिन् 'काम त भइरहेको छ, तर व्यवस्थित रूपमा होइन।' लामो समय एनजिओमा काम गरे पनि व्यवसाय सञ्चालन आफ्नै ठाउँमा चुनौतीपूर्ण थियो। यसै क्रममा उनका साथीहरूले नबिल एसएसई फेलोसिपबारे जानकारी दिए। दोस्रो र तेस्रो कोहर्टमा आवेदन दिँदा उमेरका कारण सहभागी हुन नसकेकी उनी, चौथो कोहर्टमा भने नबिल एसएसईले उमेरमा लचकता अपनाएपछि सहभागी हुन सकिन्। छनोट भएपछि उनको उद्यमशीलताको यात्रा नै नयाँ मोडमा प्रवेश गर्यो। “तालिममा सहभागी भएपछि मेरो आत्मविश्वास अर्कै स्तरमा पुग्यो,” उनी भन्छिन्।

फेलोसिपबाट उनले मार्केटिङ, फाइनान्सिङ, अकाउन्टिङदेखि लिएर सञ्चार रणनीतिसम्मको व्यावहारिक ज्ञान हासिल गरिन्। जोखिम व्यवस्थापनदेखि व्यवसायिक निर्णय कसरी लिने भन्नेमा पनि उनी सक्षम बनिन्। तालिमका क्रममा हुने एक्सपोजर भिजिट र सफल व्यवसायीहरूसँगको अनुभव साटासाटले उनलाई अझ प्रेरित गर्यो।
पल्पसाले भनिन्, “म व्यवसायिक पृष्ठभूमिकी थिइनँ, तर यहाँ आएपछि व्यवसायको अर्थ बुझें। मार्केटिङ, उत्पादन र फाइनान्स सबैको महत्त्व के हो भन्ने सिके।”
तालिमपछि उनले आफ्ना उत्पादनहरूमा विविधता ल्याइन्। पहिले सीमित डिजाइनमा सीमित उत्पादन हुन्थ्यो भने अहिले उनले ढाकाबाट बनेका विभिन्न गिफ्ट आइटमको नयाँ डिजाइन उत्पादन गर्न थालेकी छिन्। हाल उनी आफ्नो उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने प्रयासमा छिन्। गत केही वर्षमा उनी मलेसिया र दुबईमा सहभागी भइ आफ्ना उत्पादनहरूको प्रवर्द्धनसमेत गरिसकेकी छन्।
“यो आइडिया मैले नबिल एसएसईमा सहभागी भएपछि पाएकी हुँ। यसले मेरो आत्मविश्वासमा नयाँ ऊर्जा थप्यो,” उनले भनिन्। उनले नयाँ उद्यमीहरूलाई पनि यो फेलोसिपमा सहभागी हुन अनुरोध गर्दै भनिन्, “उद्यमशीलताको शुरुवातमा हुनुहुन्छ भने नबिल एसएसईमा सहभागी हुनुस्। यसले सोच्ने तरिका र काम गर्ने शैलीमा आमूल परिवर्तन ल्याउँछ।”
पल्पसा श्रेष्ठको कथा एउटा प्रेरणादायी उदाहरण हो। जहाँ उमेर सीमितता वा पृष्ठभूमी होइन, दृढता र सिक्ने इच्छाशक्ति नै सफलताको आधार बन्न सक्छ।
पल्पसा जस्तै उद्यमशिलताको यात्रालाई अगाडी बढाइरहेका व्यक्तिहरुलाई मध्यनजर गर्दै नबिल एसएसईले नयाँ कोहर्टका लागि यहि कार्तिक २८ गतेसम्मका लागि आवेदन खुला गरेको छ। इच्छुक व्यक्तिहरुले नबिल एसएसईको वेवसाइट तथा सामाजिक सञ्जालमा रहेको लिङ्क मार्फत आवेदन दिन सक्नेछन्।
आवेदन दिन यहाँ क्लिक गर्नुहोस्
नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया