Nepal Life

फोनपेको छैठौँ वार्षिक साधारणसभा सम्पन्न, आइपिओ र १९ % लाभांशको प्रस्ताव पारित

NMB Bank
  • BFIS News
  • 2025 Nov 12 11:04
फोनपेको छैठौँ वार्षिक साधारणसभा सम्पन्न, आइपिओ र १९ % लाभांशको प्रस्ताव पारित
United Ajod

काठमाडौं। फोनपे पेमेट सर्भिस लिमिटेडले आफ्नो छैठौँ वार्षिक साधारणसभा (एजीएम) काठमाडौंको नक्सालस्थित म्यारियट होटलमा सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष शशिन जोशीको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

Shikhar
Nepal Life
NIMB

सभाले सो आर्थिक वर्षका लागि शेयरधनीहरूलाई १९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय समेत गरेको कम्पनीले जानकारी दिएको छ।

त्यसैगरी, शशिन जोशीलाई पुनः स्वतन्त्र सञ्चालकका रूपमा पुनर्नियुक्त गरिएको छ भने आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एन.बी.एस.एम. एन्ड एसोसिएट्सलाई लेखापरीक्षकको रूपमा पुनर्नियुक्त गरिएको छ।

सभाले कम्पनीको प्रवन्धपत्र र नियमावली (Memorandum and Articles of Association) संशोधन गर्न विशेष प्रस्ताव पारित गरेको छ। साथै, कम्पनीले साधारण जनताका लागि शेयर (आइपिओ) जारी गर्ने निर्णयलाई समेत अनुमोदन गरेको छ।

फोनपे पेमेट सर्भिस लिमिटेड नेपालकै प्रमुख भुक्तानी सेवा प्रदायक कम्पनीमध्ये एक हो, जसले देशभरका वित्तीय संस्थाहरू र व्यवसायिक साझेदारहरूलाई डिजिटल भुक्तानी समाधान उपलब्ध गराउँदै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया