NIMB Header 2
Nepal Life

हिमालयन रिइन्स्योरेन्सको पहिलो त्रैमासिकमा लोभलाग्दो प्रगति, नाफा २४ करोड नाघ्यो

National Life
  • BFIS News
  • 2025 Nov 16 10:53
हिमालयन रिइन्स्योरेन्सको पहिलो त्रैमासिकमा लोभलाग्दो प्रगति, नाफा २४ करोड नाघ्यो
Sanima Reliance

काठमाडौं। हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले नाफासहित अधिकांश वित्तीय सूचकमा उल्लेखनीय प्रगति हासिल गरेको छ।

Shikhar
NIMB

प्रथम त्रैमाससम्म कम्पनीले २४ करोड ५८ लाख १४ हजार रुपैयाँ नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.५८ प्रतिशत वृद्धि हो। गत वर्ष यस्तै अवधिमा कम्पनीको नाफा २२ करोड ६३ लाख ९६ हजार रुपैयाँ थियो।

यस अवधिमा कम्पनीले खुद बीमाशुल्कमा पनि मजबुत वृद्धि गर्दै १ अर्ब १ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको ९२ करोड ४४ लाख रुपैयाँभन्दा ९.३६ प्रतिशत बढि हो।

असोज मसान्तसम्म कम्पनीको चुक्तापूँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, महाविपत्ती कोष ८.३४ प्रतिशतले बढेर २१ करोड ४५ लाख ५८ हजार रुपैयाँमा पुगेको छ।

कम्पनीको जगेडा कोषमा ९७ करोड २९ लाख रुपैयाँ जम्मा भएको छ, जसमा गत आर्थिक वर्षको तुलनामा ११.५२ प्रतिशत वृद्धि देखिएको छ।

यस त्रैमाससम्म कम्पनीको कुल आम्दानी १ अर्ब २४ करोड ७२ लाख रुपैयाँ र कुल खर्च ९१ करोड ३ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

लगानीकर्ताका लागि महत्वपूर्ण सूचक प्रतिशेयर आम्दानी (EPS) ८.७१ रुपैयाँबाट बढेर ९.०५ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५४.९८ रुपैयाँमा रहेको छ। हिमालयन रिइन्स्योरेन्सको पहिलो त्रैमासिक उपलब्धि कम्पनीको वित्तीय अवस्थामाथि सकारात्मक संकेतका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया